सुशील बस्नेत
तुलसीपुर,२७ साउन

नेपाल कानून ब्यबसायी परिषद्को ३२ औ स्थापना दिवस तथा आत्म मुल्यांकन दिवस मंगलबार मनाईएको छ । नेपाल कानून ब्यबसायी परिषद्को आह्वानमा उच्च अदालत बार एशोसियनले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उच्च अदालतका न्यायाधीश र कानुन ब्यबसायी बिच एउटै मञ्चमा बसि आत्म मुल्यांकन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले न्याय सम्पादनमा केही कठिनाई बढदै गईरहको बताउनुभयो । पछिल्लो समयमा यसप्रकारको प्रबृत्ति बढदै गएको छ, न्याय सम्पादनमा प्रभाव पार्ने हर्कत हुने गरेका छन्, मुख्य न्यायाधीश तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, फैसला हुनुको दिन सञ्चार माध्यमबाट आज यस प्रकारको फैसला वा आदेश आउदै छ भन्ने समाचार प्रकासन र प्रशारण हुने गरेका र न्यायलयको अगाडी अधिकारको कुरा गर्दै महिलाहरुको प्रर्दशन हुदा न्याय सम्पादनमा न्यायाधीशहरुलाई मानिसीक रुपमा कस्तो प्रभाव पर्छ होला । त्यसैले,न्याय सम्पादनको निष्पक्षता र बिश्वसनियता बढाउन बार र बेञ्चले उच्च मनोवलका साथ सत्यको जितमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उच्च अदालत तुलसीपुरका न्यायाधीश अर्जुन प्रसाद कोईराला र न्यायाधीश नरबहादुर खड्काले कानून ब्यबसायीहरु समय सापेक्ष खोज तथा अनुसन्धानमुलक बन्ने गरि क्षमता विकास गर्नुपर्ने सुझाब दिनुभयो ।
कानून ब्यबसायीहरुको अज्ञानताले अदालतको जन आस्थामा घटने हुदा नयाँ कानूनका बारेमा जानकारी राख्ने,आनीबानि ब्यबहारमा निष्पक्ष र र बिश्वसनिय हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
बरिष्ठ अधिबक्ताहरु बामदेश शर्मा,डिल्लीराज धिताल र बिष्णुमणी धिताल, बारका केन्द्रिय सदस्य चिरीञ्जीबि तिल्क्यणी, अधिबक्ता मोहनप्रसाद धिताल,ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश कुमार गुरुङ,मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्य, पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले कानून ब्यबसायीकै कारणले न्यायका लागि अदातलको ढोका सम्म पुग्ने ब्यक्तिले सहि न्याय पाउने धारणा राख्नुभयो ।
कार्यक्रममा अधिबक्ता बिना श्रेष्ठले नेपाल कानून परिषद्द् बाट तयार पारीएको बार्षिक गतिबिधि प्रस्तुत गर्नुभएको थियो । जसमा नेपाल कानून ब्यबसायी परिषद् ऐन २०५० अन्तर्गत कानून ब्यबसायीको आचारण सम्बन्धी नियमावली २०७९,आन्तरिक –कार्य ब्यबस्थापन सञ्चालन नियमावली २०५५, पाठ्यक्रम तथा परीक्षा सञ्चालन नियमावली, २०७९, कानून ब्यबसायी परीक्षा सञ्चालन कार्यबिधि २०८०, लेखापढी ब्यबसायी सम्बन्धी नियमावली, २०५१,कर्मचारी रेवा शर्त नियमावली २०८१,आर्थिक प्रशासन नियमावली २०५५,अनुशासन समिति कार्य ब्यबस्था नियमावली, २०५८ कानून ब्यबसाष्ीको कार्यालय दर्ता र सञ्चालन नियमावली,२०६९,कानून ब्यबसायी कल्याणकारी कोष सञ्चालन नियमावली २०८१ बनाई सञ्चालन भईरहेको जानकारी गराईएको थियो । तर पनि गतल आचरणका कारण परिषद्मा परेका १०९ वटा उजुरी मध्ये ४ जना कानून ब्यबसायीको प्रमारण पत्र निलम्वन र ६ जनालाई नसिहत दिइएको छ भने १ थान मुद्धा मुलतवीमा राखिएको जनाईको छ ।
नेपालमा १७ हजार ७ सय ५५ जना पुरुष र ४ हजार ६ सय ९४ जना महिला गरि कुल २२ हजार ४ सय ४९ जना कानून ब्यबसायी परिषद्मा आवद्ध रहेका छन् । ती मध्ये १२ हजार ६ सय १६ जनाले अद्यावधिक गरेका छन् । प्रमाण पत्रका आधारमा ७ सय ६ जना पुरुष र ३४ जना महिला गरि ७ सय ४० जना बरिष्ठ अधिबक्ता रहेका नेपाल कानून परिषद्ले जनाएको छ । ती मध्ये ६ सय २२ जना बरिष्ठ अधिबक्ताले परिषद्मा अद्यावधिक गरेको जानकारी दिएको छ । उच्च अदातल तुलसीपुर बारका अध्यक्ष मधुसुदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुर प्रसाद वलीले स्वागत मन्तब्य र सहजिकरण सचिव भूवनेश्वर शर्माले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *