बाँके,असार १९

कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ ।
मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको सीआइबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो ।
‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जाकारी सूचना अधिकारी रहनुभएका खड्काले दिनुभयो। २०६६ सालदेखि २०७५ सम्म बैंकको अध्यक्ष रहनुभएको थियो ।
मिश्रसँगै ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसक्नुभएको छ । पक्राउ परेकाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
कर्णाली विकास बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *