ब्रेकिङ न्युज
Thu. Mar 12th, 2026

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

वैशाख ९ गते

वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिनुभयो ।

तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गर्नुभएको छ । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भन्नुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *