ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

आइतबार कुनै सहमति टुंगिएको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज सोमबार बस्दैछ ।
आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको थियो ।परिषद्का एक सदस्यका अनुसार आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न सकेको थिएन ।
हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको थियो ।
तर, पछिल्लोपटक बार र बेन्चबिच खटपट बढेसँगै न्यायाधीश नियुक्ति हुन सकेको थिएन । हालै बारमा विजय मिश्रसहितको नयाँ नेतृत्व बारमा आएको छ ।
बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् । हाल प्रधानन्यायाधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रूपमा यमबहादुर बुढामगर हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *