ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

पर्सा, चैत्र ३०

 बिरगंजमा तनाव तनाव बढ्दा  २५ सुरक्षाकर्मी र दर्जन स्थानीय घाइते भएका छन् | स्थिति नियन्त्रण भन्दा बाहिर हुदा स्थास्निया प्रशासनले कर्फ्यु जारी गरेको छ | जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६:३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगन्जमा प्रहरीले २ राउन्ड हवाई फायर र २५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ । 

घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज-३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञान समूहले ढुंगा हानेको थियो । त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए । 

अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले जानकारी दिनुभयो । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् । 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *