ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

क्षमता विकासमा टेवा पुग्ने बिश्वास गरे पश्चिम दाङका महिलाहरुले

हापुरे दाङ,३१ चैत
महिलाहरुको लागि क्षमता बिकास सम्बन्धि ३ दिने तालिम बबई गाँउपालिका वडा नम्वर ३ स्थीत हापुरेमा सम्पन्न भएको छ । महिला सशक्तिकरण एवम समाज विकास नेपालको आयोजनामा गत चैत २८ गतेदेखि ३ दिन दिन सम्म सञ्चालन गरिएको तालिममा बिभिन्न टोलका ३० जना सिमान्कृत,अल्पसंख्यक समेतका महिलाहरुलाई उनीहरुको नेतृत्वमा क्षमता विकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको उक्त संस्थाका उपाध्यक्ष सुमित्रा रानाले जानकारी दिनुभयो । महिला
संस्थाका अध्यक्ष बालीराम वलीको अध्यक्षता एवम बबई गाँउपालिका वडा नम्वर ४ का सदस्य एवम हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीको प्रमुख आतिथ्यतामा ३ तिन दिने तालिमको समापन गरिएको थियो । तालिम समारोहमा सहभागि कल्पना के.सी.ले यसप्रकारको अवसर यसअघि नपाएको बताउनुभयो । तालिमले क्षमता बिकासमा ठुलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । अर्का सहभागि भिमा पाण्डेले पछाडी परेका भुगोल र समुदायका महिलाहरुको आत्मबिश्वास बढाउने गरि यो तालिमले सहयोग पुरयाउने बिश्वास ब्यक्त गर्नुृभयो । उक्त संस्थाको आयोजना, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र बबई गाँउपालिकाको समन्वयमा यस आर्थिक बर्षमा महिलाको क्षमता बिकास तालिम, पोते बुन्ने तालिम,सिलाई कटाई जस्ता तालिम दिईको छ । भने गत बर्ष पनि सयौ महिलाहरुको क्षमता बिकास र आयआर्जन सँग सम्बन्धित तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *