२४ चैत, काठमाडौं
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ बर्षको उमेरमा निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको गयराति पौने ८ बजे निधन भएको उहाका माइला भाइ पुरू रिसालले जानकारी दिनुभयो ।
रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छोरी सुष्मा रिसालले बताउनुभयो । उहाका अनुसार भैरव रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको हो ।
९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध हुनुभयो ।
रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्नुहुथ्यो भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउनुहुन्थ्यो । रासससबाट प्रमुख संवाददाता भएर अवकाश पाउनुभएको थियो ।
पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गर्नुभएको थियो ।
उहा जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय हुनुभयो ।
९७ बर्षको उमेरमा वरिष्ठ पत्रकार भैरव रिसालको निधन

