तुलसीपुर,चैत २४
नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राज संस्थाको शैलिका कारण अन्त्य भएको बताउनुभएको छ । नेपाल थारु संघ तुलसीपुर, दाङ क्षेत्र नम्वर ३ को प्रथम अधिबेसन तथा सम्मेलनलाई आईतबार तुलसीपुरमा सम्बोधन गर्नुहुदै महामन्त्री थापाले भन्नुभयो, बेलायतको राजसंस्था जस्तो नेपालको राजसंस्थाको शैली छैन । पटक पटक नागरिक अधिकार कुण्ठीत गर्दै आईनै रहयो,यति हुदा पनि कहिले पनि राजसंस्था बिरुद्ध काग्रेस भएन । जहिले पनि काग्रेसलाई दुख दिने गरयो, २०१७ सालमा बी.पी. कोईरालालाई अपदस्थ, २०६१ माघ १९ गते शेरबहादुर देउवालाई अपदस्थ गर्ने कार्य पनि राजाहरुबाटै भएका हुन,तर पनि राजालाई छोड्नौ, थापाले भन्नुभयो । बेबिकिङ देखि सांस्कृति राजाका रुपमा हाम्रा नेताहरुले भन्दै आउनुभएको थियो तर हामी जस्तै युवाहरुले राजाको शासन होईन नागरिकको सन्तानले राज्य संचालन गर्नुपर्छ भन्यौ, नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली शुरु भएको स्मरण गराउनुभयो । २०६२/६३ को जनआन्दोलनबाट भएको राजनीतिक परिवर्तनले नेपालको संबिधान प्राप्त गरिएको हो, भन्नुहुदै संघियताले सर्बसाधारण नागरिकलाई समेत परिवर्तनको अनुभुति गराउनला भनेको खुट्टाले टेको संघियता हुनुपर्नेमा टोकोले टेको कटाक्ष गर्नुभयो ।
सर्बसाधारण नागरिकदेखि युवाहरु सम्म संघिय शासन प्रणालीले सुशासन सहितको शासन प्रणालीले बिश्वास आर्जन गर्नुपर्नेमा त्यस्तो नहुदा आक्रोस बढदै गईरहेको, उहाँले बताउनुभयो । नेपाली काग्रेस सनातन हिन्दु धर्मको पक्षमा रहेको तर देशमा सबै धर्ममान्नेहरुको स्वतन्त्रता हुनुपर्नेमा समेत जोड दिनुभयो । हामी त्यसको जिम्मा लिन्छौ उहाँले दावि गर्नुभयो । तर राजसंस्था पनि मान्ने गणतन्त्र पनि भन्न नहुने भन्नुहुदै पूर्व स्वास्थ्य मन्त्री थापाले राजसंस्थाको लाईन कसैले पनि रोज्न नहुनेमा जोड दिनुभयो ।
पूर्वसञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले हरेक दिन २ हजार मानिस नेपाल छोडेर जान्छ,ति निराश भई देश छोड्ेनहरुसँग संवाद गर्न आबश्यक छ । उहाँले भन्नुभयो, अहिलेका नेताहरुलाई सर्बसाधारण नागरिकले अर्को रुपको राजा देख्न भएन , त्यसका लागि हामीले हाम्रो आचरण ब्यबहारमा सुधार ल्याउनुपर्छ ।
महामन्त्री थापा र नेता रिजाललाई नेपाली काग्रेसको तर्फबाट भब्य स्वागत गरिएको थियो ।

