ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

११ चैत
घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । सोमबार आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको छ तर पनि बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खटिएका छन् ।
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *