चैत १०
नेपाली कांग्रेसले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने भएको छ । अहिल्यै हामी शक्ति प्रदर्शन गर्ने आवश्यकता ठानेका छैनौं। संविधानका खिलाफ भइरहेका गतिविधिबारे पार्टी संरचनामा छलफल गरिरहेका छौं। सबै राय सुझावअनुसार नै अघि बढ्छौं,ु काग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले जनता नै सार्वभौम भएको निष्कर्ष निकालेको हो। कार्यसम्पादन बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ।
ुनेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो। नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ,ु बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता महतले बताउनुभयो ।
उहाँका अनुसार सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल भएको छ । जनताको समस्या समाधान गर्ने गरी सरकारले काम गर्नुपर्ने आवश्यकता बैठकले औंल्याएको बताउनुभयो ।
त्यस्तै संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ रहेको निर्णयमा भनिएको छ।
कांग्रेसको निष्कर्ष,राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको

