५ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ आउँदै हुनुहुन्छ । आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ आउन लाग्नुभएको हो ।
उहाले आज मध्याह्न दाङको देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्नुहुने छ । त्यसैगरी सदरमुकाम घोराहीमा आयोजित जनसभालाई पनि उहाले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभा शहीदमञ्चमा दिउँसो २ बजे निर्धारित छ ।
त्यसपछि उहाले तुलसीपुरमा होटल उदघाट्न गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङमा रहँदा प्रधानमन्त्री ओलीले कार्यकर्ता र व्यापारी व्यवसायीसँग पनि भेटघाट गरी त्यहाँका समस्या सुन्ने सुनाउने बताइएको छ । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माघ ११ र १२ गते दाङका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किनुभएको थियो ।
प्रचण्ड दाङबाट फर्किएको दुई साता पछि माघ २६ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आउनुभएको थियो ।
पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले दाङको विकास र समृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । अहिले प्रधानमन्त्री स्वयं आउने भएपछि दाङबासीले जिल्लाको विकासमा ठोस पहल लिने आशा गरेका छन् ।
नागरिक अगुवा चन्द्रराज पन्तका अनुसार दाङको विकासका लागि प्रदेश राजधानीको गुरुयोजना, तुलसीपुरस्थित विमानस्थल विस्तार गरी नियमित सञ्चालन, घोराही–तलसीपुर सडक विस्तार, नेपाल संस्कृत विश्वविद्यालय व्यवस्थापन, लमही–धारापानी–तुलसीपुर कोरिडोर, घोराही–प्युठान सडक, घोराही–स्वर्गद्वारी केबुलकार, लमही–घोराही सुरुङमार्ग, घोराही–तुलसीपुर–अमिलिया सडक विस्तार लगायतका काम छिटो होस् भन्ने अपेक्षा छ ।
‘यसबाट लामो समयदेखि अधुरा योजना अघि बढ्ने, दाङबासीको विकास र समृद्धिको सपना पुरा हुन पहल पुग्ने अपेक्षा नागरिकहरुले गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *