Wed. May 6th, 2026

८ माघ
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने गरी ल्याएको र अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिनेछ।’
उहाका अनुसार नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन नम्बर) राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि आजदेखि प्रयोगमा ल्याइएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले बताउनुभयो ।
उहाले भने, ‘सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र सबै नागरिकले अनुभूत हुनेगरी सार्वजनिक गरेका छौं।’ सूचना प्रविधि विभाग र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।
अब राष्ट्रिय परिचय पत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् ।
यता, सूचना प्रविधि विभागका निर्देशक पौडेलेका अनुसार आज मात्रै १ हजारभन्दा बढीको आवेदन परेको छ भने हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्। यस्तै एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, एप्पलको आईओएसमा ६ लाख १२ हजार १ सय १५ र वेबसाइटमा २ हजार ३२७ पटक डाउनलोड भइसकेको छ। एपमा हाल ३५ वटा निकायका ६२ वटा सेवा तथा सूचना आबद्ध गरिएको छ। नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्ने निर्देशन दिएको थियो ।

अब राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको पञ्जीकरण विभागका निर्देशक एवं प्रवक्ता प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो।
‘हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको छ भने १ करोड ६१ लाख निन नम्बर (राष्ट्रिय परिचयपत्र नम्बर) पाएका नम्बर पाएका छन् । निन नम्बर (राष्ट्रिय परिचयपत्रं) पाएकाले अब राहदानी बनाउन मिल्‍छ। साथै सरकारले दिने सेवाहरूमा प्रयोग गर्न सक्‍नेछन् ।’
उहाका अनुसार अब राष्ट्रियपत्र नम्बर (निन)पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् । ‘निन नम्बर पाइसकेका नागरिकले अब छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रुपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक अकाउन्टलगायत सरकार दिने डिजिटल सेवा लिन सक्‍नेछन्,’ उनले भने, ‘ त्यसको लागि सम्बन्धित सरकारी अधिकारीहरूले क्यूआर र निन नम्बरलाई स्क्यान गरेर भेरिफिकेशन गर्नेछन्।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *