माघ ३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ रिहा हुनुभएको छ ।
लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाउनुभएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ ।
काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ ।
यसअघि अघिल्लो बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा हुनुभएको थियो ।
लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ ।
यसैबिच जिल्ला अदालत बाहिर बरिष्ठ अधिबक्ता दिनेश त्रिपाटी माथि हात पात भएको छ । उक्त घटनाको सर्वत्र निन्दा गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रक्ता मनिष झाले हिजो बिज्ञप्ती जारि गरी उक्त घटनाको भत्र्सना गर्नुभएको छ । आफ्ना पार्टीका कुनैपनि नेता कार्यकर्ताबाट घटाएको भए कारर्बाही गरिने सचेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
रवि लामिछाने धरौटी बुझाएर रिहा

