१ माघ, काठमाडौं
काठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । उनलाई गाडीमा हालेर लाँदै गरेको अवस्थामा चारजना भारतीय नागरिकलाई मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकप्रसाद तामाङले जनकारी दिनुभयो ।
प्रहरीका अनुसार, मंगलबार ठमेलबाट एकजना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।
हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरूले उनलाई गाडीमा हालेर लैजाँदै गरेको फेला परेको थियो ।
भारतिय नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जान सक्ने सम्भावित स्थानहरूमा चेक पोइन्ट राएको थियो, कार्यालयका एसएसपी सानुराम भट्टराईले भन्नुभयो, ‘त्यसक्रममा भीमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका हौ ।’
भट्टराईका अनुसार, प्रहरीले चालक र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिए पनि सुरुमा अन्य व्यक्तिहरू भागेका थिए । पछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरसमेतको समन्वयमा चारजना भारतीय नागरिकलाई पक्राउ गरिएको भट्टराईले जानकारी दिनुभयो ।
‘चिनियाँ नागरिक पनि भागेका थिए, त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर फर्पिङबाट ल्याउँएको हो ,प्रहरीले जानकारी दिएयको छ । प्रहरीले हालसम्म पक्राउ परेका र उद्दार गरिएकाका व्यक्तिको नाम खुलाएको छैन ।
प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको बताइएको छ । काठमाडौं ल्याएर बुधबारदेखि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
चिनियाँ नागरिकको भीमफेदीबाट उद्धार, चार भारतीय पक्राउ

