पुस २८,काठमाडौं
सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजेको हो। एक मन्त्रीले दिएको जानकारीअनुसार स्वास्थ्य बिमा ऐन संशोधन गरी स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ।
‘स्वास्थ्य बिमा ऐन २०७४ मा संशोधन गरी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रथम सेवा विन्दुको प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने गरी बोर्डले सम्झौता गर्ने व्यवस्था मिलाउने’ मन्त्रिपरिषदको निर्णय छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आएका थिए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *