तुलसीपुर,२८ पुस
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २० औ कार्यपरिषद् बैठक( साधारण सभा) तथा १२ औ अधिबेसनको उद्घाटन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । अधिबेसन उद्घाटन कार्यक्रममा नेपालको संबिधान मौलिकको धारा ३५ ( ४) को ब्यबस्था र धारा ४४ को(क) र (ख)का बिषयमा बहस भएको छ । धारा ३५ (क) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहँचको हक हुनेछ भन्ने उल्लेख गरेको छ । सोही ब्यबस्थालाई कार्यान्वयनमा जुटेको तुलसीपुर खानेपानी संस्थाले दावी गरेको छ । भने सहभागि अधिकारकर्मीहरुले धारा ४४ को उपभोक्ताको अधिकारमा भएको ब्यबस्थालाई स्मरण गराएका छन् । धारा ४४ (१ )मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ उल्लेख छ भने सोही धाराको (२) मा गुणस्तरहीन बस्तु वा सेवाबाट क्षति पुगेको ब्यक्तिलाई कानून बमोजिम क्षतिपुर्र्ति पाउने हक हुनेछ भनि उल्लेख गरेको बताएका थिए । तर पनि नागरिकले गुणस्तर पानी पिउन पाएका छैनन् ।
खानेपानीलाई मौलिक हकलाई कार्यान्वयन नगरि कागज र भाषणमा मात्र सिमित गराएको अधिकारकर्मी तथा उपभोक्ताहारुको गुनासो गरेका थिए ।
कार्यक्रममा खानेपानी बिभाग सहलगानी खानेपानी आयोजना कार्यालय काठमाण्डौका प्रमुख नारायण प्रसाद आचार्यले पानीका श्रोतको संरक्षणमा जोड दिनुभयो । आज सम्म आधारभूत खानेपानीको कभरेज ९० प्रतिशत पुगे पनि सुरक्षित खानेपानी कभरेज २७ प्रतिशत मात्र रहेको जानकारी दिनुभयो ।
सो अवसरमा संघीय खानेपानी तथा ढल निकाश आयोजना बाँकेका प्रमुख अतुलेश कर्ण,साना सहरी खानेपानी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष खेमराज वली, घोराही खानेपानी संस्थका अध्यक्ष देबीबहादुर डिसी,नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे,अमृतपुर खानेपानीका अध्यक्ष केशव सापकोटा, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम लगायतले बोल्नुभएको थियो । त्यस्तै, नेपाली काग्रेसका जगत खडका, नेकपा एमालेका श्याम डाँगी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतमा भएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सिताराम आचार्यले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सेवकराम भण्डारीले गर्नुभएको थियो ।
नयाँ नेतृत्वको तयारी भएपनि निर्वाचन कार्यतालिका भने सार्वजनिक गरिएको छैन ।
मौलिकहरुले सुनिश्चत गरेको पिउने पानी ब्यबस्था कार्यान्वयन गर्नुपर्छ- उपभोक्ता

