ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

पुष २४
देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । यस्तै पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैबीच गएको २४ घण्टामा विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा भएको छ । सबैभन्दा धेरै सङ्खुवासभामा १५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षा भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *