सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना,पुसमै पाक्यो काफल

३ माघ
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू भागमा आंशिक बदलीको अवस्था छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।
आज राति कर्णालीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।
आज दिउँसो लुम्बिनीको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
आज दिउँसो र राति बागमती प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा भने आंंशिक बदली रहने सम्भावना छ ।
मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादल मात्रै लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

काफल पुस महिनामै पाक्यो
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ । तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकारीले यसलाई जलवायु परिवर्तनको असर भनेका छन् ।
स्थानीय प्रवीर पुनका अनुसार ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन ।’
केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ ।
उहाका अनुसार पुसको तेस्रो हप्तादेखि नै काफल पाक्न थालेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको बताउनुभयो । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उहाको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तापक्रम नै भएन’, उनले रासससँग भनेका छन्, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाको भनाइ छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *