पुष १४
अस्ति शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो देशका सबैजसो ठाउँमा बदली भएकोमा पश्चिम नेपालका केही ठाउँमा पानी परेको छ । यस्तै धेरैजसो हिमाली भूभागमा हिमपात भएको छ । हुम्लासहित पश्चिम नेपालका हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । कालीकोट, डडेलधुरा लगायतका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको मौसमविद् अधिकारीले बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *