बालविवाह अन्त्यको लागि कानुनको परिपालना गर्न जरुरी : मन्त्री सुडी

१६ पुस, काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि कानुनको परिपालना गर्न निर्देशन दिनुभएको छ । उहाँले राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।
‘म सम्पूर्ण प्रदेशका मन्त्रीज्युहरूसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईंहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईंहरू पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरू छ । त्यो पालिकाहरूसँग काँध मिलाएर कसरी सबै कानुनहरूको पालन गर्न सकिन्छ गर्नुहोस्,’ उहाले भन्नुभयो।

तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताउनुभएको हो ।
‘बालविवाहका कारण हाम्रा चेलिबेटीहरूको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसविरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नैपर्ने अवस्था छ,’ मन्त्री सुडिले भन्नुभयो, ‘तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य गर्‍यो भने सम्भव छ ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *