कात्तिक १
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेकाले यस वर्षको बडादशैँ समापन भएको छ ।
असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।
समितिका अनुसार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीवार परेको छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम शुरु भएको थियो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि असोज शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
वडा दशै सकिएसगै घर आएकाहरु काममा फर्किएका छन् । भने खेति किसानी गर्नेहरु बर्षेबाली भित्रयाउने र हिउँदेवाली लगाउन ब्यस्त देखिन्छन । अधिकासं किसानहरुले धान भित्रयाउन र तोरी छर्ने काम गरिरहेका छन् । त्यस्तै हिँउदे तरकारस्ी लगाउनेको संख्या पनि त्यत्तिकै छन् ।
यस वर्षको बडादशैँ सकियो,काममा फर्किए

