धनगढी,२९ असोज
डडेल्धुराको अमरगढीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । गएराति महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बरको बस अमरगढी नगरपालिका ७ को खसरेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको हो ।
गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उहाहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो ।
दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *