भुक्तानी नपाउँदा उपचार रोक्ने अवस्थामा प्रतिष्ठान

By Sushil basnet १५ आश्विन २०८१, मंगलवार ०५:४७ १५ आश्विन २०८१, मंगलवार ०५:४७ १५ आश्विन २०८१, मंगलवार ०५:४७

घोराही, आश्विन १५
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले दिनुपर्ने स्वास्थ्य सेवा सम्बन्धि रकम नदिदा कार्यक्रम रोकिने अबस्थामा पुगेको छ ।
स्वास्थ्य सेवा सम्बन्धि सेवावापतको ११ करोड ८६ लाख छ हजार दुई सय ८६ र डायलाइसिस तथा सिकल सेल एनिमियाको उपचारवापतको २९ लाख ७८ हजार एक सय ८१ गरी कुल १२ करोड १५ लाख ८४ हजार चार सय ६७ रुपैयाँ भुक्तानी नपाएको प्रतिष्ठानले जनाएको छ । । बिमितहरु बढ्दै गएको भन्दै प्रतिष्ठानले रकम भक्तानी नपाए बिमा उपचार सेवा रोकिने अवस्था आएको जनाएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले प्रतिष्ठान नयाँ भएकाले आन्तरिक आम्दानी पनि सीमित रहेको भन्दै पाउनुपर्ने रकम भुक्तानी नपाउँदा तिर्नुपर्ने ठाउँबाट औषधि नपाउने भएकाले पनि बिमा उपचार प्रभावित हुने अवस्था आएको बताउनुभयो । ‘सरकारबाट प्रतिष्ठानले पाउनुपर्ने रकम १२ करोड बढी छ । तर औषधि उपलव्ध गराउने सप्लायर्सहरुलाई मात्रै तिर्नुपर्ने १३ करोड ४२ लाख पाँच हजार पाँच सय ७८ रहेको रजिष्ट्रार लम्सालले भन्नुभयो । आउने ठाउँबाट नआउने र व्ययभार थपिदै जाने हो भने सेवा कसरी दिने । उहाँले बिमा कार्यक्रम बन्द गर्न पनि नसकिएको र रकम भुक्तानी नपाउँदा चलाउन पनि नसकिने अवस्था आएको बताउनुभयो ।
सरकारले लागेको खर्च भन्दा निकै कम भुक्तानी गरेकाले वक्यौता बढ्दै गएको प्रतिष्ठानले जनाएको छ । खर्च धेरै हुने तर भक्तानी कम हुने अवस्था आएको भन्दै प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सेवालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव माग्नका लागि सरोकारवालाहरुको बैठक राखिएको बताउनुभयो । ‘
रसायन तथा सर्जिकल सामान उपलव्ध गराउँदै आउनुभएका औषधि व्यवसायी तथा रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीले परिवारका गहना बेचेर प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको भन्दै अब सेवा दिन नसकिने बताउनुभयो । घर्तीले अस्पताललाई निश्चित दर र परिमाणको औषधि प्रतिष्ठानलाई उपलव्ध गराउने सम्झौता अनुसार भुक्तानी नपाउँदा पनि पत्नीको सुनको गहना बेचेर सर्जिकल सामान प्रतिष्ठानलाई उपलव्ध गराएको बताउनुभयो । सम्झौता अनुसार काम नगरे कालोसूचीमा परिएला भन्ने डरले भुक्तानी नपाउँदा पनि बैंक ऋण, घर जग्गा राखेर औषधि उपलव्ध गराएको भन्दै घर्तीले अब नसकिने बताउनुभयो । त्यस्तै औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक शालिकराम आचार्यले आफूहरुको ठूलो लगानी डुब्न लागेको भन्दै बैंकबाट ऋण खाएर प्रतिष्ठानलाई औषधि उपलव्ध गराउन नसकिने बताउनुभयो । उहाँले तत्काल रकम भुक्तानी दिन सरकारसँग माग गर्नुभयो । व्यवसायी प्रतिष्ठानसँग गरेको सम्झौताका कारण अप्ठेरोमा परेको भन्दै समयमा भुक्तानी नदिने प्रतिष्ठानलाई औषधि पनि उपलव्ध गराउन अब नसकिने बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *