सुशील बस्नेत
तुलसीपुर,७ असोज
माध्यामिक बिद्यालय तुलसीपुर सेन्टर देशकै सर्बोत्कृष्ठ बिद्यायल घोषणा भएको खुशीयालीमा उत्सव यात्रा गरिएको छ । उक्त अवसरमा अभिभावक, बिद्यार्थी,बिद्यालय ब्यबस्थापन समिति, शिक्षक शिक्षीका लगायत ठुलो संख्याले तुलसीपुर बजार परिक्रममा गरेका थिए । बिद्यालयले तुलसीपुरमा सोमबार बिहान उत्सव यात्रा गरेको हो । निकै उत्साहका शुरु गरिएको उत्सव यात्रामा पञ्चेबाजा,झाकी,जुलस प्रदर्शन गरिएको थियो । सर्बोत्कृष्ठ बिद्यालय भए बाफत प्राप्त गरेको शिल्डलाई बिद्यालयका प्रधानाध्यापक भागवत पौडेलले हातमा उठाई नगरबासीलाई देखाउनु भएको थियो । नगरबासीले टोलटोलमा तारी बजाई बधाई ज्ञापन गरेका थिए । बिद्यालय परिसरबाट शुरु गरिएको रथ यात्राले तुलसीपुर बजारका बिभिन्न टोलको परिक्रममा गरेको थियो । रथ यात्रा पुन ः बिद्यालय परिसरमा गई समापन गरिएको थियो । खुशीयाली साटासाट र बधाई दिन गएकाहरुले नाँचगान समेत गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी,वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी,कार्यपालिका सदस्य देवि पोख्रेल लगायत जनप्रतिनिधिहरु,बिद्यालयका प्रधानाध्यापक भागवत पौडेल,शिक्षक शिक्षीका,कर्मचारी,बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु,बिद्यार्थीहरुले हर्षउल्लासका साथ नाचँगान गर्नुभएको थियो ।
गत असोज २ गते ८१ औ शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले काठमाण्डौमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रममा भब्य समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै प्रथम स्थान हासिल गर्न सफल भएको यस बिद्यालयका लागि ३ लाख नगद,शिल्ड र प्रमाण पत्र नगरप्रमुख टिकाराम खड्का र प्रधानाध्यापक भागवत पौडेललाई प्रदान गर्नुभएको थियो ।
२०२७ सालमा स्थापना भएको तुलसीपुर शहर भित्रको यस बिद्यालयले बिगतका केही बर्षदेखि भौतिक तथा शैक्षिक बिकासमा फड्को मार्दै आएको छ । हाल यस बिद्यालयमा प्राबिधिक संकाय तर्फको स्नातक तह सम्म गरि करिव २ हजार ८ सय बढि बिद्यार्थीहरु अध्ययनरत छन् ।
तेस्रो स्थान पनि दाङकै जनकल्याण माध्यामिक बिद्यालय शान्तिनगर भएको छ । उक्त बिद्यालयले १ लाख नगद र प्रमाणपत्र प्राप्त गरेको छ । शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको हो । त्यस्तै,काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ ।
निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् ।
प्राविधिक शिक्षालयतर्फ तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । उनीहरूले जनही १÷१ लाख पुरस्कार पाएका छन् ।