तुलसीपुर,१ असोज
सल्यानको त्रिबेणी गाँउपालिका वडा नम्वर ४ फालावाङमा यात्रुबाहक जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । रा १ च १०४५ नम्वरको यात्रुबाहक जिप दुर्घटना हुदा त्रिबेणी गाँउपालिका वडा नम्वर ४ फालाबाङ बस्ने बर्ष ५५ का टोपबहादुर साहु र सोही ठाँउकी बर्ष ५२ की लाली रावतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुहामलले जनाएको हो । सोमबार पौने ५ बजे तिर फालावाङको पुतली बजार नजिकैको सडकबाट तल उक्त ट्याक्सी खसेको स्थानीय शिक्षक एसपाल खत्रीले जानकारी दिनुभयो ।
ई.प्र.का. लुहामका प्रमुख रोषण पौड्ेलका अनुसार दुर्घटनामा परि गम्भीर घाईते हुनुभएका साहुको जिल्ला अस्पताल खलङगा सल्यान र रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उक्त ट्याक्सीमा सवार मध्ये घाईते भएका २८ बर्षिय कमल रेउले्,पूर्ण कला बस्नेत,रविन महतरा र डिल्ली बहादुर भण्डारीको दाङका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको ईप्रका लुहामले जनाएको छ । घाईते सबैको अबस्था ती अस्पतालका अनुसार खतरा मुक्त रहेको समेत प्रहरीले बताएको छ ।
ट्याक्सी टुर्घटना हुदा फालावाङमा २ जनाको मृत्यु ५ जना घाईते

