भदौ ३१ गते
वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उहालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैहुनुहुन्छ । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नुहुने छ ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि उहाको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुहुने छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *