सुशील बस्नेत
दाङ उरहरी,१६ भदौ
सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले गत बर्ष १६ करोड बढि ऋण लगानी गरेको छ । महिलाहरु संगठित भई संचालन गरिएको यस संस्थाले १६ करोड २७ लाख ४८ हजार ५ सय ६६ रुपैया ऋण लगानी गरेको हो । यस बर्ष ऋण थप २ करोड ८८ लाख ३ हजार ७ सय ३ रुपैया लगानी गर्दा सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको कुल ऋण लगानी १६ करोड २७ लाख ४८ हजार ५ सय ६६ रुपैया पुगेको हो ।
सहकारी संस्थाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षता एवम तुलसीपुर उपपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम उपप्रमुख स्यानी चौधरीको बिशिष्ट आतिथ्यतमा संस्थाका १९ औ साधारणसभाको शनिबार उद्घाटन गरिएको थियो । उक्त अवसरमा ७ करोड २८ लाख ६ हजार ५सय ७१ रुपैया बचत र २ करोड ९९ लाख ४८ हजार एक सय रुपैया बराबरको शेयर पुँजी संस्थामा रहेको संस्थाका ब्यबस्थापक साबित्रा चपाई वलीले जानकारी दिनुभयो । महिलाहरु संगठीत भई सञ्चालन गरिएको यस संस्थामा हाल सम्म १ हजार ४ सय १८ जना महिलाहरु शेयर सदस्य रहेका संस्थाका सचिव कुन्ता सुवेदीले जानकारी दिनुभयो ।
बिभिन्न अबसरबाट बन्चितमा पारिएका ग्रामिण महिलाहरुलाई उत्पादनमुलक ऋण ब्यबस्थापन गरि आय आर्जनमा बृद्धि गर्ने र सशक्तिकरण गर्ने उदेश्यले २०६३ साल जेठ १२ गते डिभिजन सहकारी कार्यालय दाङमा यस सहकारी दर्ता गरिएको थियो । सोही समयदेखि नै महिलाहरुलाई सहकारीमा आबद्ध गराउनुका साथै आत्म निर्भर बनाउने कार्यमा यस सहकारी संस्था सक्रिय रुपमा लागेको संस्थापक अध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो ।
संस्था सञ्चालनका क्रममा आन्तरिक तथा बाह्य चुनौती र जोखिमहरुलाई समेत ब्यबस्थापन गर्दै आएको त्यस अवसरमा जानकारी गराईएको थियो । उत्पादन गरिएको बस्तुको बजारको ब्यबस्थापन एवम बजारीकरण र पुँजीको अभाव,सहकारी सम्बन्धि ऐन नियम परिर्वतन भईरहनु र दक्ष जनशक्तिको कमि,ऋण प्राप्तीकै लागि शेयर सदस्यले अपनाउने दोहोरोपना,बित्तिय सेवा प्रदायकहरुको संख्या बढदै जानु, थोक कर्जा प्रदायक साझेदार संस्थाहरुको ब्याजदरमा बृद्धि लगायतका सहकारी संस्था सञ्चालनमा चुनौतिको पहिचान गरिएको सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारीले जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी, नगर प्रमुख खड्काले महिलाको सशक्तिकरणका लागि महिलाहरु संगठीत भई सञ्चालनमा आएका यस्ता संघ संस्थाहरुले ठुलो अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, झण्डै १५ सयको संख्यामा सहभागि भएको यस संस्थाले महिलाहरुलाई अवसरको ढोका खोल्ने बताउनुभयो । त्यसमा थप मद्धत र सहकार्यका लागि स्थानीय सरकारले पनि एक्यबद्धतना जनाउनेमा जोड दिनुभयो ।
नेपाल सरकारको अर्थतन्त्रको ३ खम्बे नीतिलाई गाँउ टोलका साथै बिपन्न समुदायसम्म आर्थिक अवसरलाई जोड्न बचत तथा ऋण सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । यसले रोजगारीको अबसर खुलाएको छ,नगरप्रमुख खडकाले बताउनुभयो ।
बिशिष्ट अतिथी,उपप्रमुख स्यानी चौधरीले महिलाहरु संगठीत भई संचालनमा आएका संघ संस्थाले फडको मार्दै गएको देख्दा आफुलाइृ गर्व लाग्ने गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, आर्थिक सामाजिक र सांस्कृति रुपमा नेतृत्व बिकास गर्र्दै बिभदेको अन्त्य गर्दैै जानुपर्ने र बिपन्न तथा गरिव महिलाहरुलाई आत्म निर्भर बनाउनुपर्ने सुझाब दिनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष एवम सामाजिक बिकास समितिका संयोजक मानबहादुर रावत,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का अध्यक्ष एवम सहकारी शिक्षा समितिका संयोजक खुशीराम चौधरी, तुलसीपुर उपमाहनगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठ,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका सदस्य एवम मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोणबहादुर बस्नेत,सिद्धेश्वरी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एमब अधिकारकर्मी सुष्मा गिरी,राष्ट्रिय सहकारी बैक तुलसीपुरका प्रमुख अजय रोका,अमर माबि उरहरीका निमित्त प्रधानाध्यापक निर्मल वली,साना किसान सहकारी संस्थाका उपाध्यक्ष अर्जुन बस्नेत,संस्थाका सञ्चालकको तर्फबाट कमला खत्री र शेयर सदस्य कौशिला वलीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
१९ औ साधारण सभामा उतकृष्ट छात्रातर्फ ३ जना, जेष्ठ शेयर सदस्य,सफल ब्यबसायी,उत्कृष्ट समुह अध्यक्ष,उत्कृष्ट शेयर,बचतकर्ता गरि ३३ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष सीता चौधरीको स्वागत मन्तब्य बाट शुरु गरिएको कार्यक्रमको सञ्चालन ब्यबस्थापक साबित्रा चपाई वलीले गर्नुभएको थियो ।
महिलाहरुको सहकारी संस्था सिद्धेश्वरीले प्रत्येक बर्ष फडको मार्दै

