सुशील बस्नेत
दाङ,१० भदौ
जिल्ला बार इकाईको अध्यक्ष पदमा गोमा महरा चयन हुनुभएको छ । दाङको ईतिहासमै पहिलो पटक जिल्ला बारको अध्यक्ष पदमा महिला अधिबक्ता महरा निर्विरोध निर्वाचित हुने भएको हो ।
उपाध्यक्षमा अधिबक्ता नुमानन्द आचार्य, सचिवमा अधिबक्ता हरि बेल्बासे,सहसचिवमा अधिक्ता सुशीला गिरी र कोषाध्यक्षमा अधिबक्ता तिलक बहादुर के.सी. निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रेशमराज गिरीले जानकारी दिनुभयो । त्यस्तै,अधिक्ता कुमारराज श्रेष्ठ,अधिक्ता बिष्णुप्रसाद धिताल,अधिक्ता प्रदिप कुमार गौतम,अधिक्ता भुपबहादुर के.सी.,अधिक्ता अर्जुनप्रसाद अधिकारी,अधिक्ता ठाकुर प्रसाद गिरी र अधिक्ता हरिचन्द्रा कुमारी वली दाङ जिल्ला बार एशोसियसनको सदस्य पदमा निर्बिरोध चयन हुनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *