रामेछापको लेखर्कमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

रामेछाप,भदौ ९
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्धार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार पहिरोमा परी ज्यान गुमाउनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उहाँका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते हुनुभएको छ । घाइते अञ्जनाको गाउँमै उपचार भइरहेको छ ।
गएराति गाउँमाथिबाट आएको पहिरोले तीन वटा घर बगाएको, एउटा घरमा क्षति पुर्‍याएको र शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *