सुशील बस्नेत
तुलसीपुर,३ भदौ
ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्व बिद्यालय तुलसीपुरले रक्षा बंधन कार्यक्रम आयोजना गरेको छ । क्षेत्रीय सञ्चालिका राजयोगी उर्मीलाले आमन्त्रितलाई रक्षाबंधन बाधिँ शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा सहभागि हुनुभएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक कुवेर कडायतलाई रक्षा बंधन बाधिँदिनुभएको थियो । सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुदै डिआईजी कडायतले शान्ति,सुरक्षा कायम राख्न सबै पक्षको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयले नैतिक शिक्षा र शान्ति प्रबद्धर्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकाले यस संस्थाको पनि शान्ति सुरक्षा कायम राख्न ठुलो भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।
त्यस अवसरमा उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य उत्तम कुमार श्रेष्ठ, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजाल, मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत लगायत कार्यक्रममा सहभागि बिभिन्न क्षेत्रका महिला तथा पुरुषहरुलाई राजयोगी उर्मीलाले रक्षा बंधन बाधिँ शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उहाँले रक्षा बंधनले नैतिक बंधनको काम पनि गर्ने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण पदमा चौधरीले गर्नुभएको थियो । प्रत्येक बर्ष ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्व बिद्यालयले समाजका बिभिन्न तहका ब्यक्तिहरुलाई आमन्त्रण गरि रक्षा बंधन बाधिँदिने र स्नेही मिलन कार्यक्रम गर्दै आएको छ ।
