लुम्बिनी लगात ३ प्रदेश प्रमुख फेरिए

By Sushil Basnet १४ श्रावण २०८१, सोमबार १४:५० १४ श्रावण २०८१, सोमबार १४:५० १४ श्रावण २०८१, सोमबार १४:५०

१४ साउन, काठमाडौं 

सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो  ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो | 

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख हुनुहुन्थ्यो । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । उहाहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *