काठमाडौं,१३ साउन
![](https://stnnewsonline.com/wp-content/uploads/2024/12/Messenger_creation_D8D36486-BC2B-4F4C-86CC-B3E3E870A866.jpeg)
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।
पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेख्नुभएको छ ।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८(२) रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गर्नुभएको छ ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।