सुशील बस्नेत
उरहरी,जेठ २२

आईसीसी ट्वान्टी–२० विश्वकपमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । दोस्रोपटक विश्वकपको मञ्चमा उक्लिएको नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकपको इतिहासमा नेपालले हालसम्म कुनै पनि एसोसिएट राष्ट्रसँग हार व्यहोरेको छैन । विश्वकपमा नेपालले हालबिश्वकप हेर्न चुली निम्तो छ।
यसैबिच उक्त खेललाइ प्रोजेक्टर मार्फत तुलसीपुर उपमहानगर पालिका वडा न ११ ले साझ ९ः१५ बजे अमर मा बि उरहरिको प्राङ्गणमा देखाउने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । युवाहरुलाई खेलकुदप्रति आकर्षण बढाउने र क्रिकेट खेलमा रुचि राख्नेहरुले सहज रुपमा खेललाई हेर्न ब्यबस्था मिलाएको उहाँले बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *