ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

जेष्ठ २
नयाँदिल्ली — भारतको कश्मीरमा बन्धक बनाईका ३५ जना नेपवाली मजदुरलाई उद्धार गरिएको छ । मजदुरीका लागि सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालले उनीहरूलाई भारतको कश्मीर पुर्‍याएका थिए ।
तर, कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो । दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ुकिन इन्डियाुको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ । उद्धार गरिएका धनुषाका ३८ वर्षीय रञ्जित चौधरी आफूहरूसँग अमानवीय व्यवहार गरिएको जानकारी दिनुभयो । जम्मूमा नाला निर्माणको काममा मजदुरी गर्ने ‘र दैनिक ११ सय नेपाली रुपैयाँ पाउने भनिएकोमा त्यहाँ नलगेर कश्मीरको श्रीनगर पुर्‍याइएको उहाँले गुनासो गर्नुभयो । ‘ठेकेदारले आफुहरुको सबै सामान खोसेर तीन महिनादेखि बन्धक बनाएर काम गराउँदै आएको थियो । पैसा त दिएन, दिएन सधैं कुटपिट र धम्की दिँदै आयो, बन्धक बनेका नेपाली मजुदरहरुले बताए ।’
सर्लाहीका अर्जुन सदाले कहिल्यै पनि राम्रो खाना नदिएको बताउनुभयो । उनीहरूलाई परिवारसँगको सम्पर्कबाट टाढा राखिएको थियो । तीन महिनादेखि अत्यन्तै कष्टकर जीवन बिताउनु परेको उनीहरूको भनाइ छ ।

केही अगाडि मुश्किलले भाग्न सफल भएका दुई जना गाउँ पुगेपछि धेरै मजदुरहरू बन्धक बनाइएको कुरा सर्लाहीका सामाजिक कार्यकर्ता सरोज रायले थाह पाउनुएको थियो । उद्धार कार्यमा जुटेका रायले त्यसपछि आफूले परराष्ट्र मन्त्रालय, दूतावास र ुकिन इन्डियाुलाई यस विषयमा सूचना दिएको बताउनुभयो । उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् । त्यसमा ६ जना नाबालसमेत छन् ।
उद्धारका लागि कश्मीर पुगेका ुकिन इन्डियाुका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताउनुभयो । सुश्रमै ७ हजारको दरले पेश्की नै दिएर विश्वासको वातावरण बनाएको देखिन आएको उहाले जानकारी दिनुभयो । तर, पछि कश्मीर पुर्‍याएर बन्धक बनाएर काम लिएको पाइएको उहाले बताउनुभयो ।
दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले उद्धार कार्यका लागि कश्मीर प्रहरीको सहयोग पाइएको र दोषीहरूलाई पक्राउ गरेर उनीहरूमाथि कानुनी कारबाहीका लागि समन्वय भइरहेको जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *