हमासको अपहरणमा परेका बिपिन जोशीको रिहाको माग

By Sushil Basnet ४ कार्तिक २०८०, शनिबार ०७:३५ ४ कार्तिक २०८०, शनिबार ०७:३५ ४ कार्तिक २०८०, शनिबार ०७:३५

दाङ,४ कार्तिक

हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकको रिहाइको मागसहित मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा प्लेकार्ड सहित प्रदर्शन तथा दिप प्रज्वलन गरेको छ ।
हमासको आतंकवाद र इजरायलको उदण्डता विरुद्ध शान्ति समाजको अभियान संचालन गरेको छ ।
शुक्रबार बेलुकी समाज दाङ शाखा सभापति कोमल डिसीको नेतृत्वमा तुलसीपुर स्थित बीपीचौकमा गरिएको दिप प्रज्वलनमा केन्द्रिय सचिब निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार, निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत लगायत कार्यसमिति र अन्यको सहभागिता थियो । दिप प्रज्वलन कार्यक्रममा केन्द्रिय सचिब निर्मल नेपालीले सम्बोधन गर्नुभएको थियो ।
इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनाको मृत्यु भएको थियो । भने बिपिन जोशीलाई हमासको एक समुहले साथमा लिएर गएका छ्न ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।
त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता हुनुहुन्छ । अन्य दुईजना भने सकुशल रहेका थिए।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
पछि उहालाई हमासका लडाकुहरूले लिएर गएको भन्ने विवरण पनि आएका भए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला नपारिएको इजरेलस्थित नेपाली दूतावासले जनाएको छ।
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको तनावका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएको टोलीले गत साता उद्धार गरेर नेपाल ल्याएको थियो।
नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा गत शुक्रवार बिहान सबेरै २५३ नेपाली विद्यार्थीलाई नेपाल ल्याइएको थियो ।
त्यस बेला स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।
सोही प्रतिबद्धता अनुसार मङ्गलवार थप १८ जना नेपालीहरूलाई स्वदेश फर्काइएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *