रमदान व्रत आज पूरा हुँदै, ईद उल–फित्र भोलि

By Sushil Basnet २८ चैत्र २०८०, बुधबार ०६:३८ २८ चैत्र २०८०, बुधबार ०६:३८ २८ चैत्र २०८०, बुधबार ०६:३८

काठमाण्डौ, चैत २८

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज बुधबार पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् ।
यसैबीच मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’ को चहलपहल शुरु भएको छ । रमदानभरि रोजा अर्थात् व्रत, उपवास बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद उल–फित्र अर्थात् ईदको तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *