देवीपाटन महायात्राको दुबै देशमा भब्य तयारी

By Sushil Basnet १९ चैत्र २०८०, सोमबार ०१:४० १९ चैत्र २०८०, सोमबार ०१:४० १९ चैत्र २०८०, सोमबार ०१:४०

चैत्र १९

देवीपाटन महायात्राको नेपाल र भारत दुबै देशले तयारी गरेका छन् । चैत २३ गतेबाट महायात्रा शुरु हुने छ । नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेरा र भारतको तर्फबाट माँ पाटेश्वरी मन्दिर तुलसीपुरले देवीपाटन महायात्रालाई भब्य बनाउन तयारीमा जुटेका हुन् ।
वि.सं. ८०९ देखि देवीपाटनको यात्रा चल्दै आएको पौराणिक कथन छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहयोगबाट यस वर्ष महायात्रा हुन थालेको हो । आइतबार भारतको तुलसीपुरमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा महायात्राको बारेमा जानकारी गराइएको थियो ।
यही चैत २३ गते गोरक्षपात्र देवता सिद्धरत्नाथ मन्दिर चौघेराबाट देवता लिएर शुरु हुने महायात्राको तयारी पूरा भएको जानकारी गराइएको छ ।
अप्रिल ५ तारिख अर्थात चैत्र २३ गते साँझ शुक्रबार दाङ घोराहीको सिद्ध रत्ननाथ मठ चौघेराबाट रथयात्रासहित महायात्रा शुरु हुनेछ । चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने चौपट्टामा केही समय पुजा आराधना र विश्रामपछि लमहीका लागि अघि बढ्नेछ । यात्राको टोलीले लमही नगरपालिका–६ देउपुर गोरक्ष धाममा पँँच दिनको बसाइ गर्नेछ । २८ गते देउपुरबाट कोइलाबासका लागि यात्रा निस्कनेछ । साविकको पुराना विश्रामस्थल जमुनीवासमा एकछिनको विश्राम पछि साझ कोइलाबासमा एक रात विश्राम हुनेछ । चैत्र २९ बिहान ४ बजे कोइलाबासबाट भारतको जनकपुरका लागि यात्रा निस्कनेछ । २९ र ३० गते जनकपुरमा विश्राम हुनेछ । वैशाख १ गते जनकपुरबाट देवीपाटनका लागि गोरक्ष पात्रदेवताको रथयात्रासहितको महायात्रा प्रस्थान हुनेछ । नयाँ‘ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देवीपाटन पुगिने कार्यतालिका रहेको छ भने वैशाख ६ गतेसम्म देवीपाटनको बसाइपछि ६ गतेको रात्रिकालीन समयमा देवीपाटनबाट पुन रत्ननाथ मन्दिर चौघेराका लागि फिर्ती हुने कार्यक्रम रहेको छ । वैशाख ७ गते रत्ननाथ मन्दिर चौघेरामा पात्रदेबतासहितको टोली आइपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने जनाइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *