काठमाडौं, चैत २
एक महिनासम्म चल्ने रमदान शुक्रबारदेखि शुरु भएको छ । मुसलमान समुदायले रमदानको पहिलो शुक्रबार नमाज पढेका छन्। रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्।
इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ। इस्लामका क ल्मा ९श्लोक०, नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ।
देश तथा बिदेशका बिभिन्न मस्जिदहरूमा प्रार्थना गर्न आउने मुस्लिम धर्मावलम्बीको भीड लागेको छ।