महाशिवरात्री पर्व मनाईदै ,पश्चिम दाङ्गको शिवालय प्रचारप्रसारको पखाईमा

By Sushil Basnet २५ फाल्गुन २०८०, शुक्रबार १३:३८ २५ फाल्गुन २०८०, शुक्रबार १३:३८ २५ फाल्गुन २०८०, शुक्रबार १३:३८

सुशील बस्नेत
चिसापानी,दाङ्ग २५ फागुन

महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको चाड,भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको छ ।
यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष(छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन् ।
यस पर्वका दिन उपवास गरी “ ॐ नमः शिवाय“ मन्त्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।
निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।
महाशिव रात्रीको अवसरमा शिवालयमा पुजाआजा भएका छन् । काठमाण्डौ स्थीत पशुपतिनाथ मन्दीरमा बिहानैदेखि ठुलो भिड दर्शनार्थीहरुको हुने गर्दछ । दाङ्गको धारपानी,तुलसीपुर स्थीत सितलपुर शिवमन्दीर,पश्चिम दाङ्गको चिसापानी शिवमन्दीरमा बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको थियो ।
चिसापानी स्थीत शिवमन्दीरका टेकबहादुर वुढाथोकीका अनुसार १५ हजार बढिले शिवालयको दर्शन गरेका छन् । दाङ्गका बिभिन्न स्थानबाट मात्र नभई पुर्वि नेपाल र पश्चिम नेपालबाट समेत महा शिवरात्रीका दिन आउने गरेका छन् ।

दर्शनार्थीहरुको ठुलो संख्या भएका कारण सल्यानबाट ल्याएका पंण्डीत चुडामणी शर्माले भन्नुभयो, दिँउुसो सम्म १२ हजार बढिले दर्शन गरि सकेका छन् ।

मन्दिरमा पुजा गर्ने र आएका दर्शनार्थीहरुलाई ब्यबस्थापनमा स्थानीय महिलाहरु जुटेका छन् ।
सक्रिय रुपमा स्वयमसेविको रुपमा खटिएका मीना बुढाथोकी र देवी बुढाथोकीले ५ बिगाह क्षेत्रफलमा फैलिएको मन्दीरको प्रचार प्रसारमा अझै कमि रहेको गुनासो गर्नुभयो । भक्तजनहरु आउनुहुन्छ,हामी सहयोग गर्दछौ तर राज्यको नजर अझै पुगेन,उहाँहरुले भन्नुभयो । अत्यन्तै बिश्वास र आस्थाको मन्दीरको भौतिकपूर्वाधार,संरक्षण र प्रचार प्रसारमा राज्यका बिभिन्न निकायले सहयोग गर्नुपर्छ उहाँहरुले भन्नुभयो ।

महाशिवरात्रीमा फाल्गुण कृष्ण चतुर्दशीमा मनाइने यस पर्वमा सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ ।
यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र दूध, भाङ आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिव लिङ्गमा बेल–पत्र चढाउनु, उपवास तथा रात्री जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ।
यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजिकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ ।
राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *