७ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसले महासमिति बैठकमा भविश्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ ।
कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको छ । मंगलबार विहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा। प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । तर साँझसम्म प्रतिवेदन टुंगिएको थिएन ।
महामन्त्री थापाले सांठगनिक प्रतिवेदनमा रहेको भविश्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो । लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए ।

लगतै भएको छलफलमा महामन्त्री थापा आफ्नो प्रस्तावबाट पछाडि हट्न तयार हुनुभएन । एकातिर सभापतिले स्वीकार नगरेको प्रतिवेदन कसरी पार्टीको हुने प्रश्न थियो भने अर्कोतिर महामन्त्रीले स्वीकार नगरेको प्रतिवेदन उहाले नै कसरी लैजाने प्रस्ताव थियो । देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूबीच भएको छलफलमा सभापति र महामन्त्रीको दुबै प्रस्ताव लैजाने सहमति भयो ।
देउवाले अहिले गठबन्धनबारे बोल्ने बेला भएको छैन भन्ने प्रस्ताव लैजाने र थापाले एक्लै चुनाव लड्ने प्रस्ताव लैजाने सहमति भयो । तर प्रवक्ता डा। प्रकाशशरण महतले प्रश्न गर्नुभयो, मुल प्रस्ताव कुन हो रु । सभापतिको प्रस्ताव पार्टीको हुने, र महामन्त्रीको प्रस्ताव व्यक्तिगत विचार हुनुपर्ने उहाको तर्क थियो ।ा
तर महामन्त्री त्यसमा सहमत हुनुभएन् । त्यसो भए यसबारे केन्द्रीय समितिमा भोटिङ गर्ने प्रस्ताव आयो । आज मंगलबार विहान गोदावरीमा केन्द्रीय समिति बैठक राख्ने र दुबै प्रस्तावमाथि मतदान गर्ने नेताहरुले प्रस्ताव गरे ।

महामन्त्री थापा त्यसमा सहमत भए । ‘एक जना मात्र भएपनि म केन्द्रीय समिति फेस गर्छु’ उहाले भन्नुभया । त्यही सहमतिका साथै शीर्ष नेताहरु पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा आए । महामन्त्री थापाले आफूहरुबीच भएको सहमति नेताहरुलाई जानकारी गराए । त्यसमाथि छलफल सुरु भयो ।

धेरै नेताहरुले गठबन्धनबारे बोल्न हतार नगर्न भनेर महामन्त्री थापालाई सम्झाए, कतिपयले उहालाई समर्थन गरे । तर बहुसंख्यक नेताहरु केन्द्रीय समितिमा मतदात गर्ने पक्षमा नदेखिएछि सभापति देउवाले रुखमा मात्र भोट हाल्ने वातावरण बनाउँछौं भन्ने हटाउन आग्रह गर्नुभयो । महामन्त्री थापाले असहमति जनाउनुभयो ।
सहमहामन्त्रीहरु भीष्मराज आङ्दावे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डे, जीवन परियारका साथै गोपालमान श्रेष्ठ, कृष्ण सिटौला लगायत लगायतका नेताहरुले एक्लै चुनाव लड्छु भनेर जानसक्नु पर्ने मत राख्नुभयो । ‘महासमितिमा आएका नेता कार्यकर्ताको आत्मविश्वास भर्नु पर्दैन भनेर नेताहरुले प्रश्न गरेपछि सभापति सहमत हुनुभयो’ एक नेताले भने, ‘नेताहरुको दबावसँगै बालुवाटारमा भएको भेटले पनि काम गरेको हुनसक्छ ।’ बूढानीलकण्ठमा भइरहेको छलफल छाडेर देउवा र उपसभापति पूर्णबहादुर खड्का केहीबेर प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

यसअघि महासमिति बैठक उद्घाटन गर्दा सभापति देउवाले महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदनको निष्कर्षमा प्रतिवाद गर्नुभएको थियो । पार्टीको राजनीतिक इतिहासलाई संक्षेपमा प्रस्तुत गरेका सभापति देउवाले अहिलेको गठबन्धनबारे कुनै निर्णय लिन नहुने निष्कर्ष सुनाउनुभएको छ ।

‘भविष्यमा राजनीतिक गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस् मूल्याकंनमा त्यसैबेला निर्णय लिनसक्नेछ’, देउवाले भन्नुभयो ।

१४ मिनेट लामो लिखित सम्बोधनमा सभापति देउवाले संविधान जोगाउन गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो । ‘वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ’, उहाले भन्नुभयो ।
महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदनमा भने पवित्र उद्देश्यले गठबन्धन गरिएपनि आगामी चुनाव एक्लै लड्नुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *