माघ १९ गते
दाङ र कैलालीमा आगोले जलेर दुई जना महिलाको मृत्यु तथा तुलसीपुरमा सुन पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको विहीबार मृत्यु भएको हो ।
उहालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुरमा सुन पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । न्यू नेपाल ज्वैलर्समा गयराति एक्कासी आगलागी हुदा सुन पसलमा क्षति भएको हो । स्थानीय र तुलसीपुर उपहानगरपालिकाको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको थियो । आगाी बेलामै नियन्त्रणमा लिन नसकेको भए नजिकको कपडा पसल,राष्टिय बाणिज्य बैक शाखा कार्यालय तुलसीपुर लगायतमा ठुलो क्षति हुन सम्भावना थियो । तर आगो नियन्त्रणमा आयो,उद्धारमा खटिएका स्थानीयले बताए ।
दाङ र कैलालीमा आगोमा जलेर २ जनाको मृत्यु

