सुशील बस्नेत
तुलसीपुर,३१ बैशाख
बेस संस्थाको ३१ औ साधारण सभा पश्चिम दाङको चखौरामा सम्पन्न भएको छ । बिहीबार साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एबम बेस संस्थाका संस्थापक अध्यक्ष डिल्लीबहादुर चौधरीले गर्नुभएको हो ।
साधारण सभामा सम्बोधन गर्नुहुदै पूर्वमुख्यमन्त्री चौधरीले कमैया र कम्लरी मुक्ती अभियानलाई सफल पार्न बेस संस्थाले महत्वपूर्ण भूमिका खेलको स्मरण गराउनुभयो । शिक्षाबाट बञ्चितमा परेका १० औ लाख आमालाई ७ हजार बढि पौढ कक्षा मात्र शिक्षाको ज्योति बाल्न सफल भएका थियौ, जसलाई लाटिन अभियान पनि भन्न रुचाउछु उहाले भन्नुभयो ।
बेस संस्थाकै पहलमा बाल बधुवा श्रम कानुन बनाउन सफल भएको स्मरण गर्देै अवको अभियान बालबिबाह अन्त्य रहेको उहाले जानकारी दिनुभयो । समाजमा ब्याप्त रहेको बालबिबाहको अन्त्य गर्नै पर्छ,बेस संस्थाले यसलाई पहिलो प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । यो अभियान नेपाल सरकारको राष्ट्रिय अभियान पनि हो, जुन सन् २०३० सम्म दिगो बिकास लक्ष्यमा पनि उल्लेख गरेको छ,संस्थापक अध्यक्ष चौधरीले बताउनुभयो । त्यसबाहेक सामाजिक न्याय, रोजगारीको अवसर,उद्यमशिलता र आर्थिक बिकास आगामी कार्यक्रमका प्राथमिकता हुन, उहाले भन्नुभयो । त्यसैले अव सीप,आर्थिक बिकास र बलियो संगठनमा सबै एकजुट हुनुपर्छ र त्यसका लागि समन्वय,सहकार्य र साझेदारी हामी बिच बलियो हुनुपर्छ चौधरीको जोड थियो ।
संस्थाका कार्यबाहक अध्यक्ष यज्ञराज चौधरी( कैलाली)को अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लोकजंग चौधरीले सांगठनीक प्रतिबेदन र कोषाध्यक्ष राजेश चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदन केही संशोधन सहित पारित भएको बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुृर चौधरीले जानकारी दिनुभयो ।
त्यसअवसरमा बेस संस्थाका केन्द्रीय सदस्य जानु खडका (बर्दिया),कैलाली जिल्ला अध्यक्ष रामप्रसाद चौधरी, बर्दियाका कार्यबाहक अध्यक्ष शालिकराम चौधरी, रुकुम पश्चिमका अध्यक्ष दशरथ नेपाली, कञ्चनपुरका अध्यक्ष हवलदार चौधरी, दाङ जिल्लाका उपाध्यक्ष कृष्ण चौधरी, रुकुमपूर्वका अध्यक्ष कृष्ण बहादुर बुढा, बेस संस्थाका कार्यक्रम निर्देशक पिंकी डाँगी, जष्टराईट फर चिल्ड्रेनका अध्यक्ष चन्द्रबहादुर चौधरीले आ आफ्ना सुझाब राख्नुभएको थियो । सोहीक्रममा कञ्चनपुरका मुक्तकमैया भागीराम चौधरी, बेस संस्थाकी शान्ता चौधरी, संवाद समुहका बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेत, बेलौरी नगरपालिका कञ्चनपुरका प्रमुख रामलाल राना थारु, ठाकुरवावा नगरपालिका बर्दियाका वडा सदस्य मनीराम चौधरी लगायतले साधारणसभामा शुभकामना मन्तब्य ब्यक्त गर्नुृभएको थियो ।
आत्मनिर्भर र समतामुलक समाज निर्माण हामी सबैको साझा अभियान, बालबिबाह मुक्त नेपालको निर्माण भन्ने मुलनाराका साथ शुरु भएको साधारण सभामा लुम्बिनी,कर्णाली र सदर पश्चिम गरि ९ जिल्लाका जिल्ला र स्थानीय तहका झण्डै ५ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको बेस संस्थाका महासचिव लोकजंग चौधरीले जानकारी दिनुभयो ।
७ सय रुपैया संकलन गरि डिल्ली बहादुर चौधरीको नेतृत्वमा युवाहरुले क्लवबाट शुरु गरीएको बेस संस्था २०४७ सालमा गैरसरकारी संस्थामा दर्ता भई गतिबिधि सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा छ । कमैया तथा कम्लरी मुक्त तत्कालिन सरकारबाट घोषणा गराउन सफल भएको यो संस्थाले शिक्षा,स्वास्थ्य,पोषण,सरसफाई,बाल बिबाह अन्त्य र बालसंरक्षण,तहगत सरकारको नीति निर्माण प्रक्रियामा सहजिकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका सहसचिव मानबहादुर चौधरीले जानकारी दिनुभयो ।

