Wed. May 6th, 2026

वैशाख २३ गते

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, स्विस फ्रैन्क, अष्ट्रेलियन डलर, क्यानाडियन डलर र सिंगापुर डलरको भाउ बढेको जनाएको छ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा थियो ।
युरो एकको खरिदर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा छ । हिजो युरो एकको खरिदर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा थियो ।
यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा थियो ।
आज स्विस फ्रैन्कको मूल्य पनि बढेको छ । स्विस फ्रैन्क एकको खरिदर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा तोकिएको छ । हिजो स्विस फ्रैन्क एकको खरिदर १९३ रुपैयाँ ७० पैसा र बिक्रीदर १९४ रुपैयाँ ४६ पैसा तोकिएको थियो ।
अष्ट्रेलियन डलरको मूल्य आज पनि बढेको छ । अष्ट्रेलियन डलरको एकको खरिददर आज १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा थियो ।
क्यानाडियन डलर र सिंगापुर डलरको मूल्य पनि हिजोको तुलनामा आज बढेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *