ब्रेकिङ न्युज
Sat. May 30th, 2026

३० चैत

भारतीय गायनकी शिखर व्यक्तित्व आशा भोसलेको निधन भएको छ । करोडौँका मनमा अमिट छाप छाड्न सफल आशाका कर्णप्रिय स्वरले साङ्गीतिक मनहरूलाई युग युगसम्म उद्वेलित बनाइनै रहने छ । जसको स्वरमाधुरी आवाजले नेपाली सङ्गीत पारखीलाई बर्सौंदेखि मुग्ध पारिरहेको थियो ।
करोडौँ मनमुटुलाई आफ्नो जादुमयी स्वरले हल्लाइदिने आशा नेपाली गीतसङ्गीत अनुरागीका लागि पनि उत्तिकै रुचाइने नाम हो । जोसँग नेपाली गीतसङ्गीतको साइनो सम्बन्ध दशकौँ पुरानो छ ।

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर,यो हो मेरो प्राणभन्दा प्यारो,माइतीघर माइतीघर माइतीघर लगायतका गितमा उहाँले स्वर दिनुभएको थियो ।
चलचित्र ‘माइतीघर’ (सन् १९६६) को यही गीत गाएर आशाले नेपाली सङ्गीतमा साइनो जोड्नुभएको हो ।
नेपाली गायनमा भोसलेको प्रवेश, निरन्तरता र सफलतामा नेपाली सङ्गीतका अग्रज पुस्ता र दिग्गजको महत्वपूर्ण भूमिका छ । विशेष गरी सङ्गीतकार रञ्जित गजमेरसँगको उहाँको सहकार्यले नेपाली सङ्गीतलाई स्वर्ण युगमा प्रवेश गरायो भन्न सकिन्छ । उहाँले मुम्बईमा बसेर पनि नेपाली भाषाको मर्म र लवजलाई टपक्क पक्रेर गाउनुभएका सयौँ गीत नेपाली मनमुटुलाई छुँदै भावनात्मक सम्बन्ध गाँस्न सफल मानिन्छन् ।
मुम्बईकी अति नै व्यस्त गायिका भएर पनि नेपाली गीत गाउन भनेपछि समय व्यवस्थापन गरिहाल्ने आशाले खासमा त्यो स्नेह नेपाली सङ्गीतलाई दिनुभएको जीवन्त उपहार थियो । जसले मुम्बई र काठमाडौँबिच सङ्गीतको एउटा बलियो सेतुको काम गर्दै आएको थियो । सोही कारणले पनि नेपाली गीत, सङ्गीत र गायन कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनिन मद्दत पु¥याएको थियो ।
भोसलेको निधनको खबरले नेपाली सङ्गीत क्षेत्र मात्र होइन, सम्पूर्ण नेपाली जनमानसलाई स्तब्ध बनाएको छ । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको स्वरले दिएको अजम्बरी उपहार सधैँ जीवित रहने छ । उहाँको निधनले सङ्गीतको एउटा सिङ्गो युगको, एउटा अध्यायको अन्त्य भएको छ । नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई इतिहासले सधैँ सम्मानका साथ स्मरण गरिरहने छ ।
निर्देशक तुलसी घिमिरेका अनुसार उहाँको योगदान गीत गाउनुमा सीमित थिएन, उहाँले नेपाली सङ्गीतलाई व्यापक दर्शकमाझ चिनाउन सहयोग गर्नुभएको छ । भारतीय रेडियो र क्यासेट संस्कृतिमा उहाँका गीतसँगै नेपाली गीत पनि सुन्ने वातावरण बनेको थियो ।
सन् १९३३ मा महाराष्ट्रमा जन्मिनुभएकी भोसलेको बाल्यकाल त्यति सहज थिएन । प्रसिद्ध गायक तथा नाटककार पण्डित दीनानाथ मङ्गेशकरकी छोरी उहाँको रगतमै सङ्गीत थियो । बाल्यकालमै पिताको निधन भएपछि परिवारको जिम्मेवारी काँधमा आएसँगै त्यहीँबाट सुरु भएको थिए आशाका असीमित सङ्घर्षका दिन । बलिउडका मात्र होइन, बङ्गाली, मराठी, गुजराती, पन्जाबी, अङ्ग्रेजीलगायत २० भन्दा बढी भाषामा आशाले गीत गाउनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *