ब्रेकिङ न्युज
Sun. May 31st, 2026

रास्वपाको समर्थनमा उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारी बन्दै

चैत २६ गते

सत्तारुढ दल रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बन्नुभएको छ । संसदमा सबैभन्दा ठुलो दल रास्वपाले उपसभामुख पदका लागि उहालाई समर्थन गरेकाले उपसभामुख बन्ने निश्चीत झै भएका छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिनुभयो ।
अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्छ । जनभावनाअनुसार जानुपर्छ भन्ने दृष्टिकोणबाट यो निर्णय भएको छ,रास्वपाका महामन्त्री बुर्लाकोटीले बताउनुभयो । रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरी समर्थक रहने जनाएको छ ।
उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *