ब्रेकिङ न्युज
Sun. May 31st, 2026

रेडक्रसको महाधिवेशन असारमा गर्ने तयारी,सभापति उम्मेदवार शुल्क ५१ हजार

चैत २६ गते

नेपाल रेडक्रस सोसाइटीले अध्यक्ष पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ उम्मेदवार शुल्क तोकेको छ। संस्थाले विधान र निर्वाचन नियमावली संशोधन गरी पाँच तहमा संरचना गर्ने व्यवस्था गरेको छ। केन्द्रीय महाधिवेशन असारको मध्यतिर गर्ने तयारी भइरहेको संस्थाका महामन्त्री मीनबहादुर मल्लले जानकारी दिनुभयो ।
केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको हो । संशोधित विधान अनुसार पाँच तहमा संस्थाको संरचना हुनेछ ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा हुने गरी संरचना हुने व्यवस्था गरिएको छ । केन्द्रीय समितिमा १९ सदस्यीय हुनेछ । १९ जनाको केन्द्रीय समितिमा पाँच जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय हुने व्यवस्था थियो ।
केन्द्रीय महाधिवेशनको मिति तय गरी नसकेको रेडक्रस सोसाइटीले सबै तहमा उम्मेदवारका लागि लाग्ने शुल्क तय गरेर निर्वाचन नियमावली भने संशोधन गरेको छ ।
संस्थाका महामन्त्री मीनबहादुर मल्लका अनुसार असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ । प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारका लागि २५ हजार, अन्य पदाधिकारीलाई २० हजार, प्रदेश समिति सदस्यको उम्मेदवारलाई ७ हजार तोकिएको छ ।
साथै जिल्ला सभापतिको उम्मेदवार हुनका लागि १५ हजार, अन्य पदाधिकारीलाई १० हजार र जिल्ला समिति सदस्यलाई ५ हजार रुपैयाँ तोकिएको छ । पालिका शाखाका निर्वाचित हुनका लागि उम्मेदवार बन्नेले सभापतिका लागि ५ हजार, अन्य पदाधिकारीलाई ४ हजार र सदस्यलाई ३ हजार तोकिएको छ । २०७७ सालदेखि रेडक्रस सोसाइटी तदर्थ समितिमा सञ्चालित छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *