सर्वोच्च अदालतले केपी शर्मा ओली र रमेश लेखकलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेकोे छ | पछिल्लोपटक चैत २१ देखि लागु हुने गरी पाँच दिनको हिरासतमा राख्ने काठमान्डू जिल्ला अदालतको म्याद थप अनुमति अनुसारको समयावधिमा “अनुसन्धान कार्य सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार गर्नु भनि आदेश दिएको छ | र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थप अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरूको नाममा परमादेश” जारी गरेको छ।

