चैत १९

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र १ स्वतन्त्र सांसद हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *