चैत १५
जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न पाँच दिन म्याद थप गरेको छ।
सर्वोच्च अदालतले हिरासतमा राख्न अनुमति माग मनासिव देखिएको भन्दै पाँच दिन म्याद थपको आदेश दिएको छ।
भदौ २३ को प्रदर्शनमा भएको घटनामा आपराधिक हेलचेक्राँइ आरोपमा ओली र लेखकलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको थियो।
न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले जरुरी पक्राउ पुर्जीको अनुमति मागलाई स्वाभाविक भन्दै त्यसको समर्थन गरेको हो । अनि जिल्ला अदालतले शुरुको मितिदेखि लागू हुनेगरी पाँच दिन म्याद थपेको हो ।
सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘ओली र लेखकलाई हिरासतमा राख्न अनुमति माग गरेको र व्यहोरा मनासिव देखिँदा हिरासतमा राखी लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनको लागि ५ (पाँच) दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ ।’
आरोपितहरूको बयान गर्नुपर्ने, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्नुपर्ने अनि कार्की आयोगको प्रतिवेदन अध्ययन विश्लेषण गर्नुपर्ने भन्दै प्रहरीले ती सबै कामका लागि आरोपितहरू ओली र लेखकलाई हिरासतमा राख्नुपर्ने माग गरेको थियो ।
जिल्ला अदालतले ‘अनुमति माग गरेको व्यहोरा मनासिव देखिएको’ भन्दै जरुरी पक्राउ पुर्जीको समर्थन गर्नुका साथै पाँच दिन म्याद दिएको हो ।
अदालतले दिएको म्याद शनिबार बिहानदेखि नै गणना हुन्छ । अब प्रहरीले पाँच दिन कटेपछि ओली र लेखकलाई अदालतमा पेश गर्नुपर्छ ।
भदौ २३ को प्रदर्शनमा बल प्रयोग गरी १९ जनाको ज्यान जानेगरी भएको घटनामा आपराधिक हेलचेक्राँइ गरेको आरोपमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा बुझाएको हो ।
कार्की आयोगले जेनजी आन्दोलनमा भएको दमनको बेवास्ता गरी जनधनको क्षति गर्न मद्दत गरी आपराधिक लापरबाही गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनि काठमाडौंका एसएसपी विश्व अधिकारी, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई कारबाहीको सिफारिस गरेको थियो ।
कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
अदालतले कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आज आइतबार बिहानमात्रै पक्राउ परेका उहाँलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै जानकारी दिनुभयो ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो ।
विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरूका हकमा फेरि अर्को समिति बनाएर अध्ययन गर्ने र त्यसको निचोडका आधारमा अघि बढ्ने निर्णय गरेको हो ।

