घोराही,१५ चैत
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समिक्षात्मक संवाद आईतबार घोराहीमा सम्पन्न भएको छ ।
संवाद समूह लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय प्रतिनिधि सभा निर्वाचनको समिक्षात्मक संवाद गरीएको हो ।
उक्त कार्यक्रममा यसअघिका सम्पन्न निर्वाचनमा भएका अभ्यास र नीतिगत ब्यबस्थाको निरन्तरता,गत फागुन २१ गते सम्पन्न निर्वाचनका सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्ष तथा आगामी निर्वाचनका लागि आबश्यक सुझाब समेत प्रस्तुत गरीएका थिए ।
जसमा अपाङगता भएका ब्यक्तिहरुलाई पहुँचयुक्त मतदान स्थल भएतापनि केही मतदान स्थलमा सहयोगी सामाग्रीको प्रयोग हुन नसक्ने अबस्था अझै कायम रहेको, बहिरा अपाङगता भएका ब्यक्तिका लागि सांकेतिक भाषाको दोभाषे नहुदा मतदान प्रक्रियामा केही कठिनाई भएको, सांसदहरुको भूमिकाको स्पष्टताको आबश्यकता, अस्पतलमा भर्ना भएका बिरामी र सहयोगी,बिभिन्न कार्यालयमा डियूटिमा रहेका कर्मचारी लगायतको पहुँचयुक्त मतदानको ब्यबस्था,मौन अबधिको समय घटाउनुपर्ने,प्रतिनिधि सभा निर्वाचन नियमावलीको ब्यबस्था अनुसार प्रत्यक्ष तर्फको मतपत्र हरियो रङको हुनुपर्नेमा नभएको लगायतका सुझाबहरु प्रस्तुत गरीएका थिए ।
त्यस्तै, फागुन २१ गतेको निर्वाचनका क्रममा भौतिक रुपमा द्धन्द भन्दा पनि डिजिटल द्धन्द अधिक भएको, दलहरुको हेल्प डेक्स हटाई सरकारी निकायबाट डिजीटल हेल्प डेक्स बनाउनुपर्ने,सहि ब्यबस्थापन हुन नसक्दा प्रत्यक्ष तर्फको मतपत्र समानुपातिक तर्फको मतपेटीमा खसालेको र गणनामा त्यसको कुनै गणना हुन नसकेको सहभागिहरुले सझुाब दिदै आगामी निर्वाचन प्रक्रियामा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै, मतदान अधिकृतको तजबिजका कारण मतदाताहरुले असहजरुपमा मतदान गर्न बाध्य भएको,पाठ्यक्रममा मतदाता शिक्षा समाबेश गर्नुपर्ने,निर्वाचन आयोगको बिधेयक पारित गर्ने सन्दर्भमा गृह मन्त्रालयमा रहेको अबस्थामा त्यसलाई पारित गराउन प्रक्रिया अगाडी बढाउनुपर्ने,उम्मेदवारले अर्को उम्मेदवारलाई समर्थन गर्ने परम्परालाई निस्तेज गर्ने र त्यस्ता ब्यक्तिलाई दण्ड सजाय हुनुपर्ने ब्यबस्था बनाउनुपर्ने, चुनाव चिन्ह मिल्दो जुल्दो हुदा बदर हुने सम्भाबना हुने गरेको, मतदान स्थल तोक्ने क्रममा स्थानीय सरकार र राजनीतिक दलको नेतृत्व तहको स्वार्थ अनुसार हुने गरेको र स्थानीय सरकारबाट पञ्जिकृत तथ्यांक उपलब्ध गराउन सहयोग नगरेको लगायतका सुझाब समिक्षात्मक संवाद प्राप्त भएका थिए ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनय घिमिरे, नेपाली काग्रेसका अनिता देबकोटा,नेकपा एमालेका लक्ष्मण आचार्य, नेकपाका डिल्ली अधिकारी, श्रम संस्कृति पार्टीका टोपबहादुर महतरा र राप्रपाका सृजना रावत, निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका निमित्त प्रमुख लाल सिंह खडका लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
त्यस्तै, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघका केन्द्रीय महासचिव सबीन प्रीयासन,प्रेस काउन्सीलका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी,महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्ड शर्मा,जिल्ला अध्यक्ष सन्तोष सुबेदी, महिला अधिकारकर्मी लक्ष्मी आचार्य,सुशीला पौडेल,बरिष्ठ अधिबक्ता दिपक रेग्मी,अधिबक्ता केशबराज केसी,नागरिक समाज दाङका संयोजक निमबहादुर थापा,नारायण श्रेष्ठ र चन्द्रराज पन्त,उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायण भुषाल,अपाङगता भएका ब्यक्ति चिन्तमणी आचार्य,लौङिक तथा यौनिक अल्पसंख्य समुदायका भूमि परियार,कुशुण्डा समुदायका धनबहादुर कुशुण्डा लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
कार्यक्रममा बादी समुदायका निर्मल बादी नेपालीले बिषय प्रबेश गराउनुभएको थियो भने सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो । संवाद समुहले निर्वाचन अघि बुटवल,नेपालगन्ज र दाङको तुलसीपुर केन्द्र बनाई बिभिन्न पक्षसँग स्वच्छ,निष्पक्ष,भयरहित र मर्यादित निर्वाचनका लागि संवाद संचालन गरेको थियो भने निर्वाचन सम्पन्न पछि निर्वाचनको समिक्षा दाङ,नेपालगन्ज र बुटवलमा सम्पन्न गरेको संवाद समुह सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा २०८२को समिक्षात्मक संवाद

